बीमा रकमको लागि बन्दको नाममा आफ्नै टिपरमा आगजनी

मंगलबार बिहान दाङको घोराहीमा बन्दको नाममा टिपर चालक र सहचालकले आफैंले आगो लगाएको खुलेको छ। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

सम्बन्धित सामग्री

बीमाकाे लाेभले टिपरमा आगाे लगाएकाे आराेपमा गाडीधनीसहित ३ पक्राउ

दाङ – दाङमा बन्दको नाममा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले गाडीधनीसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका ८ पीपरी बस्ने ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।पक्राउ परेका गाडीधनीले टिपर पुरानो भएर जीर्ण भएका कारण बीमा दाबी गर्न आगाे लगाएकाे बयान दिएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।विप्लव नेतृत्वको नेकपासहित चार सङ्गठनले आ...

बीमा रकम कुम्ल्याउन बन्दको नाममा टिपरमा आगजनी

दाङ केहीदिन देखि घोराही उपमहानगरपालिका वठा नं. ४ गोग्ली ग्यारेजमा थन्किएर बसेको रा १ ख १६९४ नम्बरको टिपर मंगलबार बिहानै ग्यारेजदेखि बाहिर निस्क्यो । बिहान करिब ४ बजे टिपर चालक राप्ती गाउँपालिका–८ पिपरीका अरुण चौधरी र उनका सहचालक गढवा – ७ आकाश चौधरीले टिपर लिएर हिँडे । ग्यारेजबाट टिपर हिँडेको केही समयमा नै बन्दकर्ताले त्यसमाथि आगजनी गरे भन्ने समाचार फैलियो । घटनाबारे प्रहरी कहाँ खबर पुग्दा टिपर जलेर खरानी भइसकेको थियो । जब प्रहरीले घटनाबारे अनुसन्धान सुरु ग¥यो, घटनाको अर्को प