दाङ – दाङमा बन्दको नाममा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले गाडीधनीसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय धनेश्वर भण्डारी, घोराही उपमहानगरपालिका ८ पीपरी बस्ने ३२ वर्षीय अरुण चौधरी र गढवा गाउँपालिका ७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।पक्राउ परेका गाडीधनीले टिपर पुरानो भएर जीर्ण भएका कारण बीमा दाबी गर्न आगाे लगाएकाे बयान दिएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभयो ।विप्लव नेतृत्वको नेकपासहित चार सङ्गठनले आ...