अवैध सुनसहित विमानस्थलबाट एक जना पक्राउ

अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका  सप्तरीको मौवावेल्हीका ३६  वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो।  चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको  बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।