हेटौंडा : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमै संघीय सरकार बन्ने बताएका छन्। आज हेटौंडामा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै ९१ वटामा कांग्रेस एक्लैले उम्मेदवारी दिएको बताए।
'प्रत्यक्षतर्फको ७४ सिटमा गठबन्धनमा रहेको अन्य चार दलको उम्मेदवारी रहेको छ। यहाँबाटै प्रष्ट हुन्छ…