वीरगन्ज : पूर्वमन्त्री प्रभु साहले भूमिहीन सुकुमबासीविरुद्ध षड्यन्त्र गर्नेहरू कम्युनिष्ट हुन नसक्ने बताएका छन्।शुक्रवार वीरगन्जमा आयोजित आईटी आर्मीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए।उनले गरिब, विपन्न एवम् सुकुमबासीलाई पीडा दिने देउवा सरकारलाई साथ दिनेहरू कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त भएको जिकिर गरे। पूर्वमन्त्री साहले सुकुमबासी समस्या समाधान गर्नुको सट्टा उल्टै सुकुमबासीविरुद्ध ष