पोखरा । गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो ।गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।राजपत्र अनुसार ०७८ सालमा चैते दशैँसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो । प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा