काठमाडौं । शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालिएको छ ।संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले सोमबार बागमती किनारमै शव जलाएको छ । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।उनले शवदाह गृहमा समस्या समेत आएको जानकारी दिए । लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको उनले बताए । आज मात्रै एक दर्जन शव यसरी जलाइएको उनको भनाइ छ ।