काठमाडौं । टीभीएस मोटर्सले टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रङमा बुधवार सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो स्मार्ट स्कूटरमा आरटी– एफआई समावेश गरिएकाले ग्राहकको रोजाइमा पर्ने बताए । कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यो उत्पादनले युवावर्गका लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपाली स्कूटर उपभोक्ताको अपेक्षालाई फेरि पूरा गरेको बताए । मरीन ब्लू कलरमा उपलब्ध नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा २ लाख ९९ हजार ९०० रुपैयाँ मूल्य कायम गरिएको कम्पनीको भनाइ छ ।