जेठ १६, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले सोमवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् ।
मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए । त्यसपछि मेयरले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए ।
साथै उनले वडा अध्यक्ष र सदस्यहरुलाई पनि शपथ ग्रहण गराएका छन् । यसपछि कार्यालयमा गएर पदभार ग्रहण गरेपछि उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । साथै उनले नगर कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण(लाइभ) गर्ने पहिलो निर्णयमा हस्ताक्षर पनि गरेका छन् ।
निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमवार अपरान्ह ४ बजे बोलाइएको छ ।