जिल्ला सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको १० महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोरअन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्नीसँग सम्झौता भए पनि अझै काम सुरु नसकेको हो । नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गत […]