बैतडी– बैतडीको पाटनस्थित उदयदेव मन्दिरमा भव्य जात्रा लागेको छ । जात्रामा बिहीबार ३६ रांगाको बलि दिइएको छ । बिहीबार महानवमीका दिन कैलपाल मन्दिर र उदयदेव मन्दिरमा पूजाआजा गरिसकेपछि कालिकामा बलि दिने चलन छ । पाटनस्थित मैतोडामा बिहीबार भव्य रूपले डेउडासमेत लाग्ने गरेको छ । बैतडीसहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरू पाटनमा डेउडा खेल्न आउने गरेका छन् […]