काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँमा बिहीबार जात्रा सम्पन्न भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा गत वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको थियो । तर यसवर्ष भने स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गरिएको हो । नेपालीबीच चर्चित उखानै रहेको ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ आखिर होलाचाहिँ कस्तो ? धेरैलाई चासो हुनु स्वाभाविक हो । यो जात्राको आफ्नै विशिष्ट पहिचान र छुट्टै मौलिकता छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिम