काठमाडौं : यतिबेला काठमाडौंको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौंको दक्षिण भेगमा गाउँहरू त धेरै छन्, त्यसमध्ये सात वटा गाउँहरू यतिबेला उधुम जात्रामा डुबेका छन्। ती गाउँहरू हुन् कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ। यी सात गाउँ मिलेर गरिने जात्रा भएकोले यसलाई ‘सात गाउँ जात्रा’ अर्थात ‘न्हयगां जात्रा’ पनि भनिन्छ।यी सात गाउँका जात्राहरू मध्ये आज चाहिँ कीर्तिपुरमा जात्रा चलिरहेको छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो।