माथिल्लो तामाकोशी जलविद्युत् निर्माणमा भएको ढिलाइप्रति प्रधानमन्त्रीको  चासो

वैशाख २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्ती भइरहेको बताउनुभएको छ । नापी विभागद्वारा आयोजित कार्यक्रममा बिहीवार उहाँले  माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा अस्वभाविक ढिला सुस्ती भएको भन्दै अव मान्य नहुने बताउनुभएको हो । ‘अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोशको काममा ढिलाइ गरिएको छ । मैले यसप्रति चासो, रुचि बढाउनुपर्ने देखेको छु । त्यो ढिलासुस्ती अस्वभाविक छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तीन वर्षदेखि म एउटै कुरा सुनेको छु, एउटा सानो मेसिन जडान गर्न छ । त्यति राख्न दिनमा प्रत्यक्ष ५ करोड रुपैयाँ नोक्सान भइराखेको छ, परोक्षभन्दा दैनिक १३ करोड रुपैयाँ नोक्सान भइरहेको छ । यो ढिलासुस्ती हो वा अरु केही हो हेर्न पर्ने भएको छ । यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’

सम्बन्धित सामग्री

हकप्रद सेयरको आवेदन खोल्दै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

दोलखा, भदौ १ । दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन गर्न लागेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत […]

माथिल्लो तामाकोशी जलविद्युत्को हकप्रद सेयरको आवेदन खुला हुँदै

दोलखा : दोलखामा निर्माण भएको ४५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गते खुला गरिने भएको छ।राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। कम्पनीले आज (बिहीबार) सूचना जारी गर्दै १:१ को अनुपातमा अर्थात व

माथिल्लो तामाकोशी एक साता बन्द हुने, १२ घण्टा नदीको बहाव बढ्ने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यही कात्तिक ८ गतेदेखि एक हप्ता बन्द हुने भएको छ । आयोजनामा जडान भएका उपकरणहरूको एक साता प्राविधिक परीक्षण गरिने भएकाले परियोजनाबाट बिजुली उत्पादनसमेत बन्द हुने भएको हो । दिपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजनाको नियमित …

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा आयो

साउन ९, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको तेस्रो युनिट पनि सञ्चालनमा  आएको छ । शुक्रवारबाट ७६ मेगावाटको तेस्रो युनिट सञ्चालनमा आएको हो ।शुक्रवार तेस्रो युनिट सञ्चालनमा आएसँगै २२८ मेगावाट विद्युत् उत्पादन हुन शुरु गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता गणेश प्रसाद न्यौपानेले आर्थिक अभियानलाई बताए । पहिलो युनिट गत असार २१ गते र दोस्रो युनिट असार २९ गते सञ्चालनमा आएका थियो । साउन महीनाभित्र चौथो युनिटबाट पनि विद्युत् उत्पादन शुरु हुने प्रबक्ता न्यौपानेको भनाइ छ । परीक्षण उत्पादनको क्रममा खासै समस्या नदेखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । आयोजनाबाट उत्पादीत विद्युत् विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/ २२० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ । ७६ मेगावाट क्षमताका छ ओटा युनिट रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट छ ओटै युनिट सञ्चालन हुँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भर्चुअल माध्यमबाट आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । र आजै राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्यक्रम तय भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । भर्चुअल कार्यक्रम दिउँसो ४ बजे हुनेछ । आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिन लागेको हो । सोमवार आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे सुरुङको परीक्षण शुरु

वैशाख, १९, दोलखा । बहुचर्चित ४५६ मेगावाट(मेवा) क्षमताको राष्टिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङको परीक्षण शुरु गरिएको छ । शनिवार दिउँसोबाट  सुरुङमा पानी पठाई सुरुङको परीक्षण शुरु गरिएको हो ।  आयोजनाले गत वैशाख ८ गतेबाट ड्याममा पानी भर्ने तथा वैशाख १२ गतेबाट सुरुङमा पानी पठाई परीक्षण गरीने जानकारी सार्वजनिक गरेतापनि शनिवार दिउँसोबाट सुरुङमा पानी पठाउन सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।  सुरुङको परीक्षण सम्पन्न गर्न करीब १०/ १२ दिन जति लाग्ने आयोजनाका प्रवक्ता डाक्टर गणेस प्रसाद न्यौपानेको भनाइ छ । सुरुङको परीक्षण सफल भएपछि पेनस्टकको तथा अन्य आवश्यक परीक्षणहरु सम्पन्न गरिए पश्चात आयोजना विद्युत् उत्पादनको अवस्थामा पुग्ने प्रबक्ता न्यौपानेले बताए ।   सबै परीक्षणहरु सफल भए पश्चात मात्र विद्युतको परीक्षण उत्पादनको मिति तोक्न सकिने उनको भनाइ छ । वैशाख अन्तिम सम्ममा छ ओटा मध्ये एक युनिटबाट परीक्षणको रुपमा ७६ मेघावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।  आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ ।  यस्तै दोलखाको शहरेमा रहेको मल्टिसर्किट टावरको निर्माण शुरु भएको बताइएको छ । सिँगटी निकट भाँचिएको प्रसारण लाईनको टावरको जग निर्माणको काम सम्पन्न भई टावर  निर्माणको काम भइरहेको आयोजनाले बताएको छ ।  फुलासी सबस्टेशनमा उपकरण जडान कार्य कारणबस सम्पन्न नभए पनि आयोजनाबाट उत्पादीत विद्युत खेर नजाने आयोजनाको दावी छ । यदि यस्तो परिस्थितिआएमा खिम्ती–काठमाडौं अथवा खिम्ती–ढल्केवार प्रसारण लाईनबाट पनि विद्युत् पठाउन सकिने  आयोजनाका प्रवक्ता न्यौपानेले बताए । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामावगरस्थित ड्याममा रोलवालिङ खोलाको पानी मिसाउनको लागि आवश्यक संरचना बनाउन टेन्डर प्रक्रिया शुरु भएको आयोजनाको भनाइ छ । आयोजनाका छ ओटै युनिट पूर्ण क्षमतामा संचालनमा आउँदा ४५६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालियो

काठमाण्डाै – स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसालिएको छ । चार सय ५६ मेघावाट क्षमताको जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिचेर सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वाधार मन्त्री वसन्त नेम्वाङले सुरुङमा पानी खसाल्ने कामको सुरुवात गर्नुभएकाे हाे ।  कार्यक्रममा सञ्चार मन्त्री पार्वत गुरुङले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको तामाकोशी आयोजनाले...