लुम्बिनी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् ।रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए । त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८(२) अनुसार बनेको सर