नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशमा विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पूँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन माक्र्सवादी चिन्तन भएको बताए ।कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकलाई राजनीतिक अधिकारका साथै सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट