काठमाण्डौ – मलेसियाको दुई कम्पनीमा समस्यामा परेका नेपालीको सम्बन्धित कम्पनी, म्यानपावर र त्यहाँको सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गरिएको क्वालालम्पुरमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनीमा काम गर्ने १३ जना र कुखुरा आपूर्ति गर्ने कम्पनीका २८ जना नेपाली श्रमिकको म्यानपावर कम्पनी, रोजगारदाता, मलेसियन प्रहरी लगायत सँगको समन्वय र छलफलमा समस्या समाधान गरिएको हो ।
प्लान्टेशन क्षेत्रमा काम गर्ने कम्पनी पीआरएस फारेस्ट म्यानेजमेन्ट कम्पनीमा रोजगारीका...