जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।हिमपातका कारण जुम्लामा