बजारमा ग्राहक बढ्ने र केही राहत मिल्ने आशा भएपनि चाडबाडकै संघारमा आएको विपद्ले निराशा ल्याएको व्यापारीहरू बताउँछन् । दशैँतिहारमा व्यापार होला भनेर ऋण गरेर हालेको सामान बाढीपहिरोले कतिको पसलसम्मै आएको छैन । सामान भए पनि मन्दीले ब्याज, कर, भाडा तिर्न गाह्रो भएको उनीहरू गुनासो गर्छन् ।
काठमाडौं । महिन्द्राले करिब २० महिनाअघि बजारमा ल्याएको एक्सयूभी ७०० को उत्पादन एक लाख यूनिट पुरा भएको छ । कम्पनीले औषत मासिक ५ हजार यूनिटका दरले उत्पादन गरेर एक लाख यूनिटको कोशेढुङ्गा छुन सफल भएको हो । भारतमा सबैभन्दा धेरै वेटिङ पिरियड रहेको एक्सयूभी ७०० का केही भेरियन्टमा अहिलेपनि ४८ महिनासम्म वेटिङ गर्नु पर्ने अवस्था […]
हालै अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२२ को विश्वव्यापी आर्थिक परिदृश्य ‘ग्लोबल इकोनोमिक आउटलुक, २०२२’ प्रकाशनमा ल्याएको छ । यसले निकट भविष्यमै विश्व अर्थतन्त्रको एकतिहाइ भाग मन्दीतर्फ धकेलिन सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत देखिनु ठूलो चुनौतीको विषय हुन गएको छ । यो प्रक्षेपण विकसित देशहरूका लागि मात्र नभएर […]
काठमाडौं। अघिल्लो सरकारले अर्थतन्त्रलाई प्राथमिकता नदिँदा व्यापार-व्यवसायमा मन्दी छाएको थियो। त्यहीबेला नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि सबैभन्दा पहिले व्यवसायीहरुलाई भेटेर माग पुरा गर्ने प्रतिबद्धता जनाए। राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको चालु पुँजी कर्जा दुई वर्ष स्थगन गर्नुपर्ने, चर्को ब्याज दर घटाउनु पर्ने, तरलता बढाउनु पर्ने माग राखेर व्यवसायी आन्दोलित थिए। गभर्नर महाप्रसाद अधिकारीकै अगाडि अर्थमन्त्रीले […]
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज बिमा योजना ल्याएको छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रासका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने कम्पनीले जनाएको छ ।
बिमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन...
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सञ्चालनमा ल्याएको छ । सम्पूर्ण वर्गमा सरल र सुलभ रुपमा बीमाको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ सोमबार (१६ फागुन)देखि लागु हुने गरी कम्पनीले नौलो सोचसहित नयाँ बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दी तथा […]
असोज २८, लन्डन (बेलायत) । भर्चुअल मुद्राको कठोर नियमन गरिएन भने यसले सन् २००८ मा देखिएको विश्वव्यापी आर्थिक संकट जत्तिकै मन्दी निम्त्याउन सक्ने चेतावनी बेलायतको केन्द्रीय बैंक ‘बैैंक अफ इंगल्यान्ड’ (बीओई) का उप–गभर्नरले चेतावनी दिएका छन् ।
बुधवार एक भाषणका क्रममा उपगभर्नर जोन कनलिफले यस्तो बताएका हुन् । पाँच वर्षमा क्रिप्टोकरेन्सीको बजार पूँजीकरण १६ अर्ब डलरबाट २३ खर्ब डलरमा पुगेकोतर्फ औंल्याउँदै उनले यस्तो भनेका थिए ।
वित्तीय प्रणालीमा केही कुरा तीव्र गति बढयो र यो मूलतः नियमनमा आएन भने वित्तीय अधिकारीहरुले बसेर यसबारे ध्यान दिनुपर्ने कनलिफको भनाइ छ ।
फरक भएकै आधारमा सरकार र नियामकहरुले बढी प्रतिक्रिया जनाउन वा यसलाई खतरनाक भनेर वर्गिकरण गर्न चाहीं सावधान हुनु पर्नेमा उनले जोड दिएका छन् । क्रिप्टो प्रविधिले वित्तीय सेवामा क्रान्तिकारी सुधारको सम्भावना ल्याएको पनि उनले बताए । एजेन्सी
काठमाडौं : घरजग्गा कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा जग्गा बिक्रीको स्किम सुरु भएको छ। ललितपुर चापागाउँमा रहेको जनश्री डेभलपर्सले मासिक ३२ हजार रुपैयाँ किस्तामा चार आना जग्गा बिक्री गर्ने स्किम ल्याएको हो।
एकमुष्ठ जग्गा किन्नेलाई प्रतिआना सात लाख २५ हजार रुपैयाँ तोकेर बिक्री थालेको कम्पनीले १० वर्षे किस्तामा पनि उपलब्ध