संसदीय दलको बैठकअघि सांसदहरूको हस्ताक्षर संकलन गर्दै प्रचण्ड–नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बैठक शुरू हुनुअघि हस्ताक्षर संकलनको काम भइरहेको सांसद इन्दु शर्माले लोकान्तरलाई जानकारी दिइन् । प्रतिनिधि सभा पुन:स्थापनापछि नेकपा संसदीय दलको राजनीति निकै पेचिलो बनेको छ । पार्टी संसदीय दलमा आफूहरूको बहुमत रहेको दाबी नेकपाका दुवै पक्षले गर्दै आएका छन् । आज प्रचण्ड-नेपाल पक्षको बैठकमा कति जनाले हस्ताक्षर गर्छन् भन्ने कुरालाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्...

सम्बन्धित सामग्री

वाग्मतीका मुख्यमन्त्री पाण्डेले डाके संसदीय दलको बैठक

काठमाडौं । वाग्मती प्रदेशको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । आलोपालो सरकार चलाउने निर्णय कार्यान्वयन नभएको भन्दै मुख्यमन्त्री पाण्डेविरुद्ध सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन थालेका...

महाभियोगविरुद्ध एमालेको ‘काउन्टर’ तयारी, सांसदकाे हस्ताक्षर संकलन

काठमाडौं : सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि ‘काउन्टर’ दिने गृहकार्य गरिरहेको छ। आइतबारको सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको एमाले संसदीय दलको बैठक अहिले जारी छ। त्यसले आवश्यक निर्णय लिने तयारी गरिराखेको छ। आवश्यक तयारीको लागि सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको स्थायी कमिटी सदस्य तथा सांसद शेरबहादुर तामाङले बताए। उनले भने, ‘हामीले हस्ताक्षर संकलन गरेर राखेको भए

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने गरी एमालेले गर्‍यो हस्ताक्षर संकलन

काठमाडौं । नेकपा (एमाले)ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । अहिले एमालेको संसदीय दलको बैठक बसिरहेको छ । “चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सकिने गरी हस्ताक्षर संकलन गरेका छौंँ,” एक सांसदले भने । एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर...

प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दियो दलको नेता परिवर्तनको जानकारी

न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले संसद सचिवालयलाई संसदीय दलको नेता परिर्वतन भएको जानकारी गराएको छ । उनीहरुले संसद सचिवालयको महासचिव भरतराज गौतमलाई यसबारे जानकारी गराएका छन् । शुक्रबार प्रचण्ड नेपाल समूहले संसदीय दलको बैठक गराएको थियो । सो बैठकले ११५ सांसदको हस्ताक्षर संकलन गर्दै पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता […]