प्रभु बैङ्क लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौँ महानगरपालिका स्थित विशेष अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। अदालतमा स्थापित एक्सटेन्सन काउन्टरको २०७८ वैशाख ३ गते देखि कारोबार सुरु भएको बैङ्कले जनाएको छ। विशेष अदालत परिसरमा न्यायाधीश प्रेमराज किर्किले एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।