काठमाण्डाै - प्रविधिको दुरुपयोग गरी बैंकिङ्ग प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानुनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो ।
चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभइ मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डाैका अनुसार मानिसलाई धेरै तलब (डलर) मा प्राप्त ...