काठमाडौं : फिल्म 'उचाइ'को छायांकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेर, परिणीति चोपडा, बोमन इरानी लगायतको टोली शनिबार भारत फर्किएको छ। झन्डै ४ सातामा नेपालको सुटिङ तालिका सकेर टोली भारत फर्किएको हो। फिल्मका कलाकारहरूका लागि नेपाल बसाइ अविस्मरणीय बनेको उनीहरूका फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालबाट अनुमान लगाउन सकिन्छ।केही दिनअघि अनुपम खेरले ट्विटरमा बिहान साढे ५ बजे अन्नपूर्ण हिमालमा घामको पहिलो किरण परेको क्षणको भिडिओ राखेर अविस्मरणीय पल उल्ले