नेपाली चलचित्र 'लाखे'सहित बलिउड फिल्म 'राम सेतु' र 'फोन भूत' प्रदर्शनमा

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज एक नेपालीसहित दुई बलिउड फिल्म प्रदर्शनमा आएका छन् । आजदेखि नेपाली चलचित्र 'लाखे', बलिउड फिल्म 'फोन भूत' र 'राम सेतु' एकसाथ प्रदर्शनमा आएका हुन् ।  एक्सन, सस्पेन्स, थ्रिलर जनरामा आधारित लाखेमा सौगात मल्लको मुख्य भूमिका रहेको छ । चलचित्रमा मल्लसहित अनुपविक्रम शाही, वर्षा राउत, अर्पण थापा, आर्यन अधिकारी, प्रशान्त ताम्राकार, सुशील सिटौला, रोहित रुम्बा, कालु राणा, सञ्जोग राणा, रक्षा बुढाथोकी, सिस्टम भण्डारी, सगुन तण्डुकार लगायतको अभिनय रहेको छ । सि...