काठमाडौं : प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ।मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुको शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न लागेको हो। नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिएका थिए।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशनआह्वान गरेका थिए। सोही अनुसार पहिलो बैठक बस्न लागेको हो।पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। &nbs