काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलका उम्मेदवारलाई आयोगले कानूनअनुसार कारबाही गर्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइएको आरोप समेत लगाउनुभयो । आयोगले बिहीबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण […]