काठमाण्डाै – पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो ।
रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।
गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर स...