हिमालयन अवार्ड सम्पन्न

विमेन्स एरा एन्ड मिडिया ग्रुप प्रालि. नेपालको आयोजनामा शनिबार राजधानीमा तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न भएको छ। कार्यक्रममा गायिका तथा संकलक चन्द्रकला शाहलाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। रंग पत्रकारिता सम्मानबाट हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइँटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई सम्मान गरिएको कार्यक्रममा हिमालयन सामाजिक […]

सम्बन्धित सामग्री

इजिप्टमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अवार्ड सम्पन्न

इजिप्टको राजधानी कायरोमा नेपाल फेसन एण्ड इन्टरटेन्ट अर्वाड–२०२४ सम्पन्न भएको छ ।कायरोस्थित होटल ग्राण्ड पिरामिडमा हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौँको आयोजनामा नेपाली मनोरञ्जन क्षेत्रका करिब १८ जना व्यक्तित्वलाई अवार्ड प्रधान गरी सो कार्यक्रम सम्पन्न भएको हो ।

गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र -

स्टार्टअपमा ५०० आवेदन : लगानीकर्ताको रोजाइमा पाँच मात्रै

काठमाडौं। नेपाल स्टार्टअप फेस्ट–२०२३ मा ५०० भन्दा बढी परियोजनाको आवेदन परे पनि लगानीकर्ताको रोजाइमा पाँचओटा स्टार्टअप मात्र परेका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले उक्त फेस्टलाई लक्ष्य गरेर १ महीनादेखि स्टार्टअप परियोजना माग गरेको थियो । उक्त अवधिमा ५०० आवेदन परे पनि अधिकांश स्टार्टअपका विभिन्न पक्षमा कमजोर देखिएपछि नौओटा मात्रै प्रस्तुति (आइडिया पिच) का लागि छानिएका थिए । प्रस्तुतीकरण दिनेमध्ये पाँचओटा स्टार्टअप परियोजनामा लगानीकर्ताको चासो देखिएको हो ।  परिसंघको युवा उद्यमी मञ्चका उपाध्यक्ष सुगम घिमिरेले आवेदन संख्या राम्रो भए पनि आइडिया पिच र त्यसलाई सघाउने खालको कागजात नभएको बताए । ‘आइडियादेखि वित्तीय विवरणका साथै कम्पनी पनि उपयुक्त देखिएन,’ घिमिरेले भने । शनिवार काठमाडौंमा सम्पन्न भएको दोस्रो संस्करणको फेस्टको अन्तिम प्रतिस्पर्धामा पुगेकामध्ये गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङ स्टार्टअप परियोजनामा लगानीकर्ताले इच्छा देखाएका हुन् ।  यी स्टार्टअपमा हिमालयन क्यापिटल, लोटस होल्डिङ, रिलायबल भेन्चर्स, अल्फा प्लस भेन्चर लिमिटेड, टेली भेन्चर, एनआईएमबी एस क्यापिटल र टिम भेन्चर लगानीका लागि इच्छुक भएका हुन् । छानिएका स्टार्टअप परियोजनामा थप अध्ययन गरेपछि लगानीको विषय स्पष्ट हुने घिमिरेले जानकारी दिए ।  स्टार्टअपमा आकर्षण देखिए पनि आइडियालाई कसरी सान्दर्भिक बनाउने, लगानीकर्तालाई कसरी आकर्षित गर्ने र कम्पनीका विषयमा कसरी प्रस्तुति दिँदा लगानी ल्याउन सकिन्छ भन्ने विषयमा जनचेतना नपुगेको देखिन्छ । सरकारी तथा निजीक्षेत्रबाट स्टार्टअपलाई सघाउने नीति र सहजीकरणको वातावरण बन्दै गर्दा आइडियाको प्रस्तुतीकरण फितलो हुने देखिएको छ ।  ल एक महीनामा ५०० आवेदन परे पनि नौओटामात्रै प्रस्तुतिका लागि छनोट ल अधिकांशमा आइडियामात्र आए, त्यसलाई सघाउने कागजातको अभाव ल गल्ली म्याप्स्, टावर अर्गानिक्स्, एसटीओएमपी, पाइटेक नेपाल र ड्रप सिपिङमा लगानीकर्ता इच्छुक सयौंको संख्यामा आवेदन पर्दा पनि लगानीकर्ताको रोजाइमा कम स्टार्टअप परियोजना परेका छन् । स्टार्टअपमा लगानी गर्न कम्पनीहरू इच्छुक भएको स्पष्ट देखिए पनि आइडियाहरू सान्दर्भिक नहुँदा समस्या हुने गरेको सरोकारवाला बताउँछन् ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्टार्टअप उद्यमलाई सघाउने गरी नीति ल्याउने तयारी भएको बताएका छन् । उक्त कार्यक्रममा उनले हाल नेपालमा सूचनाप्रविधिको बढ्दो प्रयोग एवं नवीन व्यावसायिक सोचयुक्त उद्यमशील संस्कारको विकास भइरहेको बताए । राष्ट्रिय स्टार्टअप उद्यम कार्यविधिको मस्यौदा तर्जुमा गरेको बताए । कार्यविधि तर्जुमा भएपछि स्टार्टअप उद्यमीहरूलाई २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा ३ प्रतिशत ब्याजमा उपलब्ध गराउने उनले बताए ।  नेपाल उद्योग परिसंंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघ युवा उद्यमीलाई साथमा लिएर स्टार्टअप इकोसिस्टम निर्माण गर्न लागिपरेको उल्लेख गरे । उनले नवीन सोच भएका स्टार्टअपलाई लगानी जुटाउने र स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास गराउने उद्देश्यले फेस्ट आयोजना गरिएको बताए । फेस्टमा स्टार्टअप अफ द इयर अवार्ड हाम्रो पात्रो हेल्थलाई प्रदान गरिएको छ । बेस्ट इनोभेशन अफ द इयर अल्लोई प्रालिलाई, कस्टुमर एक्सिलेन्स अवार्ड पेट मामालाई, ग्रीन स्टार्टअप अफ द इयर अवार्ड डोको रिसाइकल्सलाई र सोसियल इन्टरप्राइज अफ द इयर अवार्ड चायो बायोलाई प्रदान गरिएको छ । त्यसै गरी इनेबलर्स अफ आन्त्रप्रेनर्स इन्भेस्ट फर इम्प्याक्ट नेपाललाई, वुमन इन आन्त्रप्रेनर्स डा. प्रतिभा पाण्डेलाई, बेस्ट स्टार्टअप आइडिया रे: मिनी ई–स्कूटरलाई र बेस्ट पिचडेक अवार्ड एसटीओएमपीलाई प्रदान गरिएको छ ।

रेस्लर जुरेलीलाई महिला अभिनेत्री अवार्ड

काठमाडौं । काठमाडौंमा शनिबार सम्पन्न ‘तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०२३’ मा मोडल अस्मिता सुनार जुरेलीले ‘सिहदरबार (रेलको बाटो २)’ गीतबाट ‘महिला अभिनेत्री’ अवार्ड जितेकी छन् । उनलाई नेपाली पहिलो रंगीन फिल्म ‘कुमारी’ की अभिनेत्री चैत्यदेवी सिंहले अवार्ड प्रदान गरेकी हुन् । अस्मिता गायिका र रेस्लर पनि हुन् । सुरज पण्डितको शब्द, संगीत र स्वर रहेको […]

राष्ट्रिय वाणिज्य बैंकलाई ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एसियन पेन्ट्स ‘न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड्स कार्यक्रममा ‘थर्ड बेस्ट मेनेज्ड कमर्सियल ब्यान्क अफ दि इयर २०२२’ अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणालाई व्यावसायिक क्षेत्रमा […]

अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार सकियो

२८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ सम्पन्न भएको छ । सेमिनारको कार्यक्रममा नेपाल मार्सल सेल्फ डिफेन्स संघकी निर्देशक तथा प्रमुख प्रशिक्षक सञ्जु महर्जनले युनिभर्सिटी वर्ल्ड कम्पार्ट मार्सल आर्टसबाट ‘सिक्स्थ डान’ तथा ‘इन्टरनेसनल सेल्फ डिफेन्स किङ अफ दि किङ अवार्ड’ प्राप्त गरेकी छिन् । महर्जन यी उपाधि पहिलो […]

हिमालयन बैंक एक्सिलेन्सी अवार्डबाट सम्मानित

हिमालयन बैंक एक्सिलेन्सी ईन पीओएस एकुरिङ बिजनेश, २०२२ अवार्डबाट सम्मानित भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगानाले बैंकलाई उक्त अवार्ड प्रदान गरेकी हुन् । एक्सिलेन्सी अवार्ड भुक्तानी माध्ययम एटीएम, पिएसओ तथा ई–कर्मस गेटवे सम्बन्धि अवार्ड हो । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टर कार्ड, युनियनपे तथा भिसा कार्ड नेपालमा हिमालयन बैंकले मात्र प्रयोग गर्दै आएको छ । बैंकले केही वर्षयता सो विधामा उक्त अवार्ड

स्टार्टअप समिट अवार्ड्स विशेष-१

स्टार्टअप अहिलेको आवश्यकता हो गोविन्दप्रसाद ढकाल प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक यो कार्यक्रमलाई अझै केही वर्ष निरन्तता दिनुपर्छ । स्टार्टअप अहिले नेपालको आवश्यकता हो । पत्रकारिता क्षेत्रबाट यस किसिमको कार्यक्रम हुनु आफैंमा ठूलो उपलब्धि भएको ठान्छु । यसलाई अब सरकार तथा सरोकारवाला निकायले बुझ्न जरुरी छ । यसरी अघि बढ्दा केही परिवर्तन हुन सक्छ भन्नेमा हामी आशावादी छौं । अहिले एउटा समस्या कहाँनिर छ भने स्टार्टअप तथा नवउद्यमी निकै उत्साहका साथ आउनुहुन्छ । तर, उहाँहरू थोरै असफल हुँदा पनि निरुत्साहित बनेर फर्किने प्रवृत्ति छ, यसलाई अन्त्य गर्नुपर्छ । सबै बिजनेश सफल हुँदैनन् । स्टार्टअप भनेको नयाँ भिजन र आइडिया लिएर आउने कुरा हो । नयाँ कुरा आउँदा सबै सफल हुन्छन् भन्ने हुँदैन । यति भन्दैमा असफल भइयो भनेर पछि हट्नुहुँदैन । यसमा बैंक सहयोग गर्न तयार छ । अहिले एउटा बिजनेस ल्याउने तर त्यसलाई दीर्घकालीन नबनाउँदै अर्काे बिजनेशमा हाम फाल्दा पनि समस्या देखिएको छ । बैंक तथा वित्तीय संस्थाका पनि समस्या होलान् । कतिपय कुरा नियामक निकायको निर्देशनमा बसेर काम गर्दा सहयोग नभएको पनि हुन सक्छ । बैंक तथा वित्तीय संस्थाले अप्ठेरो पार्ने नियत राख्दैनन् । स्टार्टअप एक लेभल ‘ग्रो’ भएपछि बैंक आउने हो मनोज ज्ञवाली नायब महाप्रबन्धक, नबिल बैंक स्टार्टअप के हो भन्ने विषयमा धेरै मानिस स्पष्ट नभएको अवस्थामा यो कार्यक्रमले यसबारे सचेतना जगाइदिएको छ । यो कार्यक्रमले मानिसलाई स्टार्टअपका विषयमा झक्झकाउने काम गरेको छ । स्टार्टअपमा जोखिम जहिले पनि हुन्छ भने इनोभेसन जोखिम हो । यसमा बैंक तथा वित्तीय संस्थाभन्दा पनि नीतिगत रूपमा सरकारले सघाउनुपर्छ । अर्काेपल्ट कार्यक्रम गर्दा असफल भएका स्टार्टअप तथा तिनका कथाहरू पनि समावेश गरिनुपर्छ । असफल भएकालाई पनि ल्याउँदा त्यसमा सरकार, बैंक तथा वित्तीय क्षेत्र कसले सहयोग गर्न सक्छन् भन्ने विषयमा जानकारी हुन्छ । स्टार्टअपलाई बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गरेका छैनन् । किनभने, स्टार्टअपमा जोखिम छ, बैंकमा बसेर बिजनेस रिक्स लिन सकिँदैन । अन्तर्राष्ट्रिय अभ्यासमा पनि एन्जल इन्भेस्टर, रियल इन्भेस्टर, प्राइभेट इक्विटी इन्भेस्टरहरू स्टार्टअपमा सामेल भएका हुन्छन् । जोखिम भएका क्षेत्रमा लगानीकर्ताले लगानी गर्ने हो, फाइनान्सियल क्षेत्रले होइन । बैंकिङले सहयोग गरेर स्टार्टअप सफल भएको छैन । फाइनान्स क्षेत्रले एक लेभल माथि आएपछि मात्रै कर्जा दिने हो । सुरुमा एञ्जल, भेञ्चर क्यापिटल आउनुपर्छ । दोस्रो चरणमा मात्रै बैंकले सहयोग गर्ने हो । कार्यक्रमले स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहन ईश्वर गुरुङ प्रमुख, एसएमई डिपार्टमेन्ट, कुमारी बैंक लिमिटेड ‘न्यूबिज स्टार्टअप समिट एण्ड अवार्डस’ कार्यक्रमको प्रमुख प्रायोजक बन्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । अहिले स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्नेगरी राज्यले नीति लिइरहेको छ । बैंकहरूले समेत सोही अनुसार कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ । तर स्टार्टअपबारे धेरैले बुझिरहनुभएको छैन । त्यसबारे बुझाउन पनि यस्तो खालको कार्यक्रम महŒवपूर्ण भएकाले कुमारी बैंकले यो कार्यक्रमलाई मुख्य प्रायोजन गरेको हो । गत शुक्रवार सम्पन्न अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी थियो । यसले नवउद्यमीहरूलाई स्टार्टअप व्यवसायमा लाग्न ठूलो प्रोत्साहन मिल्नेछ । स्टार्टअप बिजनेश गर्दा पैसा वा आइडिया मात्रै भएर नहुने प्रशिक्षकहरूको प्रस्तुतिबाट देखियो । खासगरी पूँजीको कसरी जोहो गर्ने र आइडियालाई कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षकहरूले खुलस्त पार्नुभएको छ । त्यसकारण पनि यो कार्यक्रम आफ्नो उद्देश्य पूर्तिमा सफल भएको छ । निर्यातमूलक स्टार्टअपलाई सरकारले प्राथमिकता दिनुपर्छ अशोकमान कपाली, हिमालयन लस इन्डष्ट्रिज, झापा इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश १ यस कार्यक्रमले हामीलाई व्यावसायिक रूपमा अगाडि बढ्न हौसला गरेको छ । हामीले झापामा सुपारीको पातबाट प्लेट बनाउने काम गर्दै आएका छौं । हामीले आफ्नो उत्पादन निर्यात समेत गर्दै आएका छौं । अब स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न निर्यातमूलक कम्पनीलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । नयाँ स्टार्टअप उद्यमीका लागि जानकारीमूलक आशिष शाह नमस्ते रिसाइकल ट्रेडर्स, जनकपुर इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश २ पछिल्लो समय स्टार्टअप उद्यममा धेरैजना आएका छन् । आउन खोजेका पनि छन् । तर, उनीहरूलाई यस सम्बन्धमा सरकारी नीति लगायत विषयमा जानकारी छैन । यस अवस्थामा यो कार्यक्रम उनीहरूका लागि जानकारीमूलक भएको छ । साथै, प्रेरणादायी पनि रह्यो । म पनि यस कार्यक्रमबाट थप प्रोत्साहित भएको छु । साथै, इमर्जिङ स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुदाँ खुशी पनि लागेको छ । स्टार्टअपले इकोसिस्टमलाई उजागर गरेको छ अजय पाण्डे आइटी म्यानेजर, ग्लोकल प्रालि इमर्जिङ स्टार्टअप, बागमती प्रदेश उदाउँदो स्टार्टअपको अवार्ड पाउँदा निकै उत्साहित छौं । अर्काेतर्फ यो अवार्डले आफूले गरिरहेको क्षेत्रमा काम गर्न थप हौसला मिलेको अनुभूति गराएको छ । हामीले गरिरहेको कामलाई न्यु बिजनेशको कार्यक्रमले सम्मान गर्दा उत्साहित छौं । स्टार्टअप आइडियाले सम्मान पाएको छ । ग्लोकल प्रालिले २०१५ देखि समाजमा सकारात्मक काम गर्नेलाई सम्मान गर्दै आएको छ भने भारत र श्रीलंकामा फ्रेन्चाइज बेच्ने हामी पहिलो नेपाली स्टार्टअप कम्पनी हौं । कार्यक्रममा आउनुभएका सरकारी तथा निजीक्षेत्रका जिम्मेवार पदाधिकारीले उठान गरेका विषयले नेपालमा स्टार्टअपले इकोसिस्टमलाई उजागर र प्राथमिकता दिएजस्तो देखिएको छ । सरकारबाट व्यक्त विचार निकै राम्रा भए पनि कार्यान्वयनमा सधैं समस्या देखिन्छन् । अहिले भएका नीति नियमबाट  जसले फण्ड जुटाउन सक्दैन, काठमाडौंमा आएर केही गर्न खोज्नेलाई निकै गाह्रो छ । केही राम्रो भइरहे पनि यो सुस्त गतिमा छ । यसलाई तीव्रताका साथ अघि बढाउन लाग्नुपर्छ । स्टार्टअपलाई प्रोत्साहन मिलेको छ निराजन घिमिरे एक कल होम सोलुसन्स प्रालि इमर्जिङ स्टार्टअप, गण्डकी प्रदेश यो कार्यक्रमले स्टार्टअपलाई प्रोत्साहन मिलेको छ । प्रोत्साहनले थप काम गर्न ऊर्जा दिएको छ । स्थानीय तहमा काम गर्दा निकै चुनौती सामना गर्नुपर्छ । अहिले पनि धेरै स्टार्टअप बाहिर नदेखिएका होलान् । यस्ता कार्यक्रमले तिनलाई पनि थप प्रेरणा मिलेको हुनुपर्छ । काम गरेपछि केही सफलता मिल्छ भन्ने सन्देश यो कार्यक्रमबाट जान्छ । स्टार्टअप बिजनेस सुरु गर्दा कानुनी अड्चन धेरै सामना गर्नुपर्छ । अहिले श्रम कानुनअनुसार भएको व्यवस्थाले केही समस्या पारेको छ । सिक्ने अवसर पनि भयो रमेश क्षेत्री, निन्जा इन्फोसिस प्रालि, नेपालगञ्ज इमर्जिङ स्टार्टअप कम्पनी, लुम्बिनी प्रदेश यो कार्यक्रमबाट सम्मान हुन पाउँदा उत्साह र प्रेरणा पनि मिलेको छ । हामीे शुरुआती चरणको उद्यमी हौं । हामीलाई उद्यमशीलताको विषयमा धेरै जानकारी पनि थिएन । यहाँ आएर यससम्बन्धी धेरै सिक्ने अवसर मिल्यो । अब अझै बलियो भएर अगाडि बढ्ने आँट आएको छ । कार्यक्रमले विषयगत ज्ञान बढाइदिएको छ चन्द्रबहादुर खड्का, ज्वाला कृषि तथा पशुपालन उद्योग, दैलेख इमर्जिङ स्टार्टअप कम्पनी, कर्णाली प्रदेश हामी मुलुकको संघीय राजधानीभन्दा धेरै टाढा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छौं । हामीलाई व्यवसायको बजारीकरण कसरी गर्ने भन्ने विषयमा पर्याप्त ज्ञान थिएन । यस कार्यक्रमले हाम्रो व्यावसायिक क्षमता बढाएको छ । साथै, सम्मानित हुन पाउँदा व्यवसायमा अझै सफल रूपमा अघि बढ्न आत्मविश्वास पनि मिलेको छ । टिम नै निकै उत्साहित छ चन्द्रप्रकाश साउद, फारवेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर इमर्जिङ स्टार्टअप, सुदूरपश्चिम प्रदेश इमर्जिङ स्टार्टअपको रूपमा पुरस्कृत हुँदा टिम नै निकै उत्साहित छ । हाम्रो आइडिया र इनोभेसन देशलाई परिवर्तन गर्न एक चरण माथि उठ्न सफल भएको ठान्छु । २०७६ साउनदेखि बिजनेस शुरू गरेका हौं । हाम्रो समूह चार जनाको छ । हामीले अहिले बिजनेशका साथै ई–गभर्नेन्समा अनुसन्धान र डिजिटल साक्षरता लक्षित कार्यक्रम गरिरहेका छौं । केन्द्रमा हाइटेक प्रविधि छ । हामी आफ्नो ठाउँमा ग्रामीण क्षेत्रमा प्रविधिको भरपूर प्रयोग गर्दै छौं । आइटी कम्पनी भएकाले यसमा ६ लाख रुपैयाँ लगानी गरेका छौं । प्रविधि र डिजिटल साक्षरतामा पछि परेको सुदूरपश्चिम प्रदेशको धनगढीबाट हाम्रो प्रतिनिधित्व भएको हो । हामीले त्यहाँ प्रविधिको विकासलाई नै प्राथमिकता दिएका छौं । इन्टरनेटको पहुँच नभएका २ स्थानमा निःशुल्क इन्टरनेट जोडिएको छ । स्थानीय तहका पदाधिकारीसँगको सहकार्यमा डिजिटल साक्षरताका विषयमा पनि काम गरिरहेका छौं । कर्मचारीलाई साइबर अपराध र डिजिटल साक्षरताका विषयमा तालिम दियौं । कम्पनीले सफ्टवेयर विकास र खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरेर प्रविधिको सहज पहुँच पु¥याएर स्थानीय बजारमा यसको प्रयोगका विषयमा सचेतना जगाउने काम गर्छ । जिम्मेवारी बढेको छ विनय खड्का सीईओ, जानकी टेक्नोलोजी (खल्ती) स्टार्टअप सक्सेस सम्मानप्राप्त कम्पनी कार्यक्रमबाट सफल स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुँदा खुशी लागेको छ । यसका लागि आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दछौं । यो सम्मानले हामीलाई उत्साहसँगै कम्पनीलाई राम्रो बनाउने जिम्मेवारी पनि बढेको महसूस भएको छ । स्टार्टअप व्यवसायको क्षेत्रमा हामी पनि युनिकर्न बन्न चाहन्छौं । सोहीअनुसार हामी अगाडि बढ्छौं ।