काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो ।
अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे ।
निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र ...