कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुँदै आएका परिवार सङ्गठित भई मत माग्नका लागि घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् । बाढी पीडित परिवारले वनहरा– दोदा नदी बाढीपीडित सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउनका लागि उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका हुन् …