इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए । तेहरानमा आयोजित एक बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा अमीराब्दुल्लाहियानले उनको देशले रुसलाई ड्रोन आपूर्ति गरेको पहिलोपटक स्वीकारे । तथापि आफूहरुले युक्रेनमा युद्ध हुनु अघिनै रुसलाई ड्रोन बेचेको दावी उनले गरे । पछिल्लो समय युक्रेन आक्रमणका लागि इरानमा निर्मित ड्रोन प्रयोग भइरहेको आरोप छ ।&n