तुलसीपुरमा ड्रोन क्यामेरा ल्याउँदा पनि पत्रकार सम्मेलन!
‘ब्यक्ति विशेषले थुप्रै ड्रोन घर घरै भित्र्याइसकेका छन्। यस्तो बेला नगरपालिकाले एउटा ड्रोन किनेर ल्याउँदासमेत पत्रकार सम्मेलन गर्नु आत्मरतिमा रमाउनु समान हो,’ उनले भने।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै छन् । पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ । पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो । पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम […]
काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दै छन्।पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ । पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ। आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो । एमसीसीका सन्दर्भमा माओवादीको […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको जानकारी दिए ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा राखिएको उनको भनाइ छ ।
नेकपा (एमाले) ले शुक्रबार पत्रकार सम्मेलन बोलाएको छ। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे महासचिव शंखर पाेखरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०-१४ मंसिरमा भएकाे १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।
बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन्। क्वालिटी बैंक्वेट बुद्धनगरमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकस्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले साढे १२ बजे सम्पादकहरुसँग पत्रकार सम्मेलन गर्न लागेको बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।