भारतको जम्मुस्थित भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमणपछि जम्मु कश्मीरमा लगातार अन्य ड्रोनहरू पनि देखिन थालेका छन् ।
सीमानजिक अरनिया सेक्टरमा ड्रोन देखिएको हो । त्यसपछि बोर्डरमा तैनाथ बीएसएफका जवाफहरूले ड्रोनमा अनेकौं राउन्ड गोली चलाए । त्यसपछि ड्रोन गायब भयो ।
हालैको समयमा मात्र नौपटक ड्रोन देखिसकिएको छ ।
बीएसएफले यस विषयमा बयान जारी गर्दै भनेको छ, ‘बीएसएफका जवानहरूले पाकिस्तानको सानो हेक्साकप्टर ड्रोनमा बिहान ४ः२५ मा फायरिङ गरे । उक्त ड्रोन अरनिया सेक्टरमा अन्तर्राष्ट्रि...