काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरेका नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले यस प्रकरणका क्रममा आएको दबाब, धम्की र सरुवासम्मको विवरण सार्वजनिक गरेका छन्। पन्थीले शुक्रबार सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करको गिरोहले आफ्नो सरूवासमेत गराएको […]
निर्देशनालयले वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल धनगढी लगायतका स्थानमा कर्मचारी माग गरेको हो।
‘इआइए प्रतिवेदनअनुसार तीन मिटरभन्दा खोला गहिर्याउन मिल्दैन। पहिलो वर्ष डेढ मिटर र दोस्रो वर्ष बाँकी गरेर गहिर्याउनुपर्छ, भर्खर योजना बनाउँदै थियौं, अस्तिको बाढीले फेरि थपिहाल्यो, अब त एक झर पानी पर्नेबित्तिकै खोला कि त सडकमा कि त बस्तीमा पस्ने अवस्था छ,’ उनले भने।
काठमाडौं– थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई एकआपसमा गाभ्ने कार्ययोजना सरकारले अगाडि सारेको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ मार्फत् सरकारले न्यून संख्यामा विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने विषय अगाडि बढाएको हो । कार्ययोजनामा सरकारले आगामी दुई वर्षभित्रमा त्यस्ता विश्वविद्यालय गाभ्ने उल्लेख गरेको छ । ‘न्यून विद्यार्थी भएका विश्वविद्यालयलाई उत्पादन दक्षता बढाउन एकापसमा गाभ्ने नीति अवलम्बन गर्ने’, कार्ययोजना […]