सभामुखले १४ सांसदलाई कारबाही नगर्नु संसदकै उपहासः बस्नेत

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए । उनले नेपाली राजनीति र संविधान […]

सम्बन्धित सामग्री

गैर सांसदलाई संसद्मा राखेर एमसीसीको प्रक्रियामा भाग लिँदैनौंः केशव बडाल

काठमाडौं, १२ फागुन । नेकपा एमालेका नेता केशव बडालले सभामुखले १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँसको एक मिनेटमै एमसीसीको छलफल प्रक्रियामा सहभागी हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “हामीले लामो समयदेखि पार्टीका १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस्न […]

माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही गर्न सक्दैनन् : शशांक कोइराला

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अग्निप्रसाद सापकोटाले सम्बोधन गर्न नसक्ने बताएका छन्। उनले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले भने, &ls

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।एमालेले

प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् । बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेको आरोप लगाएका […]

एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने सभामुखकाे निर्णय !

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुख सापकोटाले गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताउनुभएको सचिवालयले जनाएको ...

१४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको दबाब

नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई गरिएको कारबाहीलाई सभामुखले चाँडो सदर नगरे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।बिहीवार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेपाल पक्षका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै त्यसो नगरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । नेपाल पक्षको नयाँ पार्टी औपचारिक रुपमा दर्ता […]

पदमुक्त भएका लुम्बिनीका चारजना सांसदलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं। पदमुक्त भएका लुम्बिनी प्रदेशसभाका चारजना सांसदलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो। चारैजना अहिले मन्त्री छन्। उनीहरुलाई जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठकले कारबाही गरेको थियो। सोही आधारमा लुम्बिनी प्रदेशसभाका सभामुखले सांसद पदबाट पदमुक्त गरेका थिए।