काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गराउने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अग्निप्रसाद सापकोटाले सम्बोधन गर्न नसक्ने बताएका छन्। उनले अध्यादेशबाट दल विभाजन भइसकेको अवस्थामा सभामुख सापकोटाले नेपालसहितका सांसदलाई पदमुक्त गराउनुपर्ने नेकपा एमालेको माग पूरा गर्न नसक्ने प्रतिक्रिया दिएका हुन्। प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सोमबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफमा उनले भने, &ls