पोखरा– पोखरा क्षेत्रमा दशैंमा ५० हजार रुपैयाँसम्म बिक्री भएका भेडाच्याङ्ग्रा अहिले २५ हजारमै बिक्री हुन थालेका छन् । व्यवसायीहरुले दशैंको टिकाको अघिल्लो दिनदेखि ५० प्रतिशतसम्म छुटमा भेडाच्याङ्ग्रा बिक्री गर्न थालेका हुन् । कोजाग्रतपूर्णिमाको दिनमा पनि पोखरामा करिब एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री भएको व्यवसायीहरुले बताएका छन् । यो वर्ष कम भेडाच्याङ्ग्रा पोखरा आउने […]
बागलुङ : पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन। बडादशैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ। यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ। माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो। चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन्। बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग
सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रा ल्याइएको हो । पोखरा महानगरमा भेडाच्याङ्ग्रा भित्रिएकासँगै दसैँको रौनक थप भएको छ । बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडाच्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । चीनको तिब्बतबाट खोजेर उहाँले भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएको हो । “तिब्बतमा खोज्न जाँदा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । २६/२७ दिनमा बाजुरा ल्याएका थियौँ,” थापा भन्नुहुन्छ, “त्यसपछि तीन दिन तीन रातमा गाडीमा पोखरा ल्याइपु¥यायौँ ।”
पोखरा– एक सातामा हिमालपारिको जिल्ला मुस्ताङ क्षेत्रमा हुर्काइएका भेडाच्याङ्ग्रा पोखरा क्षेत्रमा ल्याउने तयारी गरिएको छ । माथिल्लो मुस्ताङ (लोमान्थाङ) बाट यस वर्षका लागि बिक्री गर्ने भेडाच्याङ्ग्रा पोखराको लागि हिँडिसकेको भेडाच्याङ्ग्रा व्यवसायी आङग्याल गुरुङले बताए । उपल्लो मुस्ताङ (लोमान्थाङ) का गुरुङले यो वर्ष करिब ६ सय वटा भेडाच्याङ्ग्रा पाले पनि दसैं लक्षित २ सय ५० वटा […]
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७ औं दिनमा म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन्।...
कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्।जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७ औं दिनमा म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन्।...
दशैं नजिकिएसँगै मुस्ताङबाट भेडाच्याङग्रा पोखरा आउने क्रम समेत सुरु भएको छ । हाल पोखरामा १० हुल गरि करिब तीन हजार पाँच सय भेडाच्याङग्रा आइसकेका छन् । अन्य हुल आउने क्रममा...
रसुवा - तिहारका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका छन् ।
मानिसको आवतजावत रोकेका कारण व्यापारीले नै नाकासम्म भेडाच्याङ्ग्रा ल्याइदिएका हुन् । यस पटक ५० वटा भेडाच्याङ्ग्रा आयात भएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । यसअघि दशैँमा पनि व्यापारीले नाकासम्म नै भेडाच्याङ्ग्रा ल्याइदिएका थिए ।' तिहारका लागि आएका भेडाच्याङ्ग्राको भाउ पनि महँगो परेको छ ।
उतै महँगो परेकाले यसपटक मूल्य बढेको कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै प्रति भेडाच्याङ्ग्र...
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको छ । बडा दसँै नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल भित्र्याइएको हो ।
बिहीबार चीनबाट १ सय ७० वटा भेडाच्याङ्ग्रा रसुवागढी नाका हुँदै...