सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रा ल्याइएको हो । पोखरा महानगरमा भेडाच्याङ्ग्रा भित्रिएकासँगै दसैँको रौनक थप भएको छ । बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडाच्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । चीनको तिब्बतबाट खोजेर उहाँले भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएको हो । “तिब्बतमा खोज्न जाँदा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । २६/२७ दिनमा बाजुरा ल्याएका थियौँ,” थापा भन्नुहुन्छ, “त्यसपछि तीन दिन तीन रातमा गाडीमा पोखरा ल्याइपु¥यायौँ ।”