युनाइटेड इन्स्योरेन्स कम्पनी सम्मानित

काठमाडौं (अस) । युनाइटेड इन्स्योरेन्स कम्पनी ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड्स २०२१’बाट सम्मानित भएको छ । भारतको कोलकातामा गत शनिवार भएको एशिया स्तरीय ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२१’बाट कम्पनीलाई सम्मान गरिएको हो । उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्शले आयोजना गरेको थियो । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालबाट बेस्ट जेनेरल इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मानित भएको कम्पनीले दाबी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले उक्त अवार्ड ग्रहण गरेकी हुन् । विश्वप्रख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसीले स्वतन्त्र रूपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सूचकांकहरूमा युनाइटेड इन्स्योरेन्स उत्कृष्ट कार्य सम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सफल भएको बताइएको छ । कम्पनीलाई सफल बनाउन प्रमुख कार्यकारी अधिकृत पौडेलले इन्डियन चेम्बर अफ कमर्शलाई धन्यवाद व्यक्त गरिन् ।

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले यही जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड गाभिने भएका छन् । सम्झौतामा दुवै कम्पनीका मर्जर समितिका सञ्चालकहरु रविन्द्रराज पन्त र चिरञ्जीवी द्वाले हस्ताक्षर गरेका छन् । गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने सहमति भएको छ ।

युनाइटेड इन्स्योरेन्सको बिमा आर्जन ५८ प्रतिशतले वृद्धि

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण सेयरधनी समुहबाट २ जना सञ्चालक पनि चयन भएका छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० […]

युनाइटेड इन्स्योरेन्स सम्मानित

काठमाडाैं । छिमेकी मुलुक भारतको कलकत्तामा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्सुरेन्स कन्केलभ अवार्ड २०२१मा नेपालबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले लिनु भएको थियो । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसीले स्वतन्त्र रूपमा मूल्यांकन गर्दा […]

युनाइटेड इन्स्योरेन्स अर्ब क्लबमा

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आव ०७७/७८ मा बिमाशुल्क अघिल्लो आवको तुलनामा ५१ दशमलव २५ प्रतिशतले बिमाशुल्क आर्जनमा वृद्धि गर्दै अर्ब क्लबमा प्रवेश गरेको कम्पनीको...

यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.ले १०० करोड माथिको बीमा शुल्क आर्जन गरेको छ  । कोभिड महामारीको विषम परिस्थितिमा समेत युनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो । कम्पनी सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासि

युनाइटेड इन्स्योरेन्स अर्ब क्लबमा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी पनि अर्ब क्लबमा प्रवेश गरेको छ । कोभिड–१९ को महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले एक अर्ब रुपैयाँमाथिको बिमा शुल्क आर्जन गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ हुन् भने प्रमुख कार्यकारी अधिकृत उपासना...

युनाइटेड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ५ करोड २७ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा ३३५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड २१ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।  गत आवमा कम्पनीले रु. ३ करोड २२ लाख आम्दानी गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ९ करोड ८२ लाख पुगेको हो । केही दिन अगाडि संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब कम्पनीको शेयर स्वामित्व अनुपात संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) रहेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ७३४ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६० दशमलव ७४ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव ६१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ७३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७०८ मा टेवा पाउने र महँगिए रु. ७५९ मा प्रतिरोध पाउने देखिन्छ ।

युनाइटेड इन्स्योरेन्सको कामु सीईओमा भट्टराई

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।