रोल्पामा पनि आजदेखि निषेधाज्ञा जारी

वैशाख २२, रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा पनि आज (बुधवार) देखि दुई साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले बुधवार बिहान ६ बजेदेखी आगामी जेठ ५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सरकारले पहाडी जिल्लामा २०० जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको भएपनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । रोल्पामा हालसम्म १०५ जना सक्रिय संक्रमित रहेका छन् । विशेष गरी गंगादेव, त्रिवेणी र रुन्टिगढी गाउँपालिकामा बढी संक्रमण फैलिएको र दोस्रो लहरमा मात्रै जिल्लामा ५ जनाको मृत्यु समेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।  छिमेकी जिल्लाहरु दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

सम्बन्धित सामग्री

रोल्पामा दुई साताव्यापी निषेधाज्ञा

रोल्पा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोल्पामा दुई साताव्यापी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले आउँदो बुधबारदेखि आगामी जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । सरकारले पहाडी जिल्लामा दुई सय जना संक्रमित भए मात्र निषेधाज्ञा जारी गर्ने निर्देशन गरे पनि समुदाय स्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा जारी गर्नुपरेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । यदि कसैले जिल्ला छाड्नुपर्ने वा अर्काे ठाउँ जानुपर्ने भए २४ घन्टाभित्र जान समय दिेइएको  प्रजिअ सापकोटाले जानकारी दिए । रोल्पामा हालसम्म ८८ जना सक्रिय संक्रमित रहेका छन् । विशेषगरी गंगादेव गाउँपालिकामा ५० बढी संक्रमित भेटिएको र एक जनाको मृत्युसमेत भएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । छिमेकी दाङ, सल्यान र प्यूठानमा यसअघि नै निषेधाज्ञा जारी गरिएकाले रोल्पामा थप जोखिम बढ्न नदिन निषेधाज्ञा गरिएको स्थानीय प्रशासनको भनाइ छ ।

रोल्पामा वैशाख २२ देखि जेठ ५ गतेसम्म निषेधाज्ञा

रोल्पा – कोरोना भाइरस सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को साेमवार (आज) बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदाे जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।  सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएकाे रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नु...