जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि बालुवाटारमा जसपा र एमालेबीचको छलफलअघि भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सो छलफलपछि यादव एमालेसँग छलफलका लागि बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टरा...