बालुवाटारमा माओवादी र नेपाल समूहबिनैको ‘सर्वदलीय’ बैठक सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको ‘सर्वदलीय बैठक’ सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा नेकपा माओवादी केन्द्र र एमालेकै माधव नेपाल–झलनाथ खनालको सहभागिता रहेको छैन । यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बैठकमा गएका छैनन् । बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा , नेता रामचन्द्र पाैडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी छन् भने जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्