काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएकोले राजीनामा दिनुपर्ने बताएका हुन्।