कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद...
धनगढी – दार्चुलाका एक वडा सचिव बैतडीमा मृत अवस्थामा फेला परेका छन्। शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका हुन्। २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत फेला परेको प्रहरीले जनाएको छ। आइतबार बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट दुई सय मिटर र मोटरसाइकल एक सय […]
रामेछाप – दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका ४ प्रितीकी वडा सचिव पदमकुमारी बस्नेतलाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । वडा सचिवले बस्नेतले आफ्नै गाउँकी नाता पर्ने प्रितीकी निर्मला बस्नेतलाई नाम परिवर्तन गरी फेरि दोस्राे पटक नागरिकता बनाउन वडाबाट सिफारिस दिनुभएकाे थियाे । निर्मलाले यसअघि नै जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता लिइ सक्नुभएकाे थियाे । बस्नेतले आफ्नै बहिनीको विद्यालयकाे प्रमाणपत्रकाे आधारमा वडाबाट सिफारिस लिएर दोहोरो नागरिकता लिन जिल्ला प्रशासन कार्यालय रामेछापमा क...
एकै व्यक्तिलाई दोहोरो नागरिकताको सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेतलाई बुधवार प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नै गाउँकी नाता पर्ने उमाकुण्ड गाउँपालिका–४ प्रितीकी निर्मला बस्नेतलाई नाम...
काठमाडौं, १७ फागुन । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा ३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा […]
बारा– बारामा ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडा सचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा साहलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
काठमाण्डाै – ३५ सय रुपैयाँ घुससहित बाराबाट एक वडा सचिव पक्राउ परेका छन् ।
बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ सय रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
साहले जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
रुपन्देहीको भैरहवामा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो ।शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही सिद्धार्थनगर नगरपालिका–४ कार्यालयका वडा सचिव (नायब सुब्बा) मोहम्मद सिद्दिकलाई घुससहित नियन्त्रणमा लिएको छ।आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विवाह दर्ता प्रमाणपत्रका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरेको ३ हजार रुपैयाँ घुससहित वडा कार्यालयबाट उनलाई नियन्त्रणमा लिएको हो।वडा सचिवलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
बुटवल, कार्तिक ७ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती नेकपा ऐमालेको वडा सचिव चयन भएकी छिन्। वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्। रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्।
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ। गएको असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ। तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो । पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले ज