प्रदेश २ सरकारले विभिन्न मन्त्रालयहरुको वेबसाइट सञ्चालनको नाममा वर्षेनी लाखौ रुपैयाँ खर्चिदै आइरहको छ । तर अधिकांश मन्त्रालयको वेबसाइट भने अपडेट भएको देखिदैन ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको वेबसाइटसमेत नियमित अपटेड छैन । कतिपय निर्णयबारे तीब्र आलोचना हुन थालेपछि सरकारले मन्त्रिपरिषद्का निर्णयहरु वेबसाइटमा राख्न छाडेको बताइन्छ । मन्त्रिपरिषद्को निर्णय वेबसाइटमा नराखिएको करिब एक वर्ष भइसक्यो ।प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको समेत वेबसाइट अपटेड नभएको ती