अष्ट्रेलिया र ट्युनिसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत आज (शनिबार) विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शनिबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेपछि अल जानौव रंगशालामा हुनेछ । दुवै टोली पहिलो […]

सम्बन्धित सामग्री

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा प्रवेश

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फुटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् । गए राति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘सी’ को अन्तिम खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० गोलअन्तरले हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर खेलको ४६औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाए । जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्न सफल भयो । अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो । पोल्याण्ड पनि समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।त्यसैगरी गए राति कतारको लुसाइल रङ्गशालामा सम्पन्न खेलमा मेक्सिकोले साउदी अरबलाई २–१ गोल अन्तरले पराजित ग¥यो । खेलको ४७औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५२औँ मिनेटमा लुइस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा साउदी अरबका सलिम अल्दावसरीले सान्त्वना गोल गरे ।समूह ‘सी’ बाट साउदी अरब र मेक्सिको समूह चरणबाट बाहिरिएका छन् । चार अङ्क जोडेको मेक्सिको तेस्रो स्थानमा रह्यो भने तीन अङ्क जोडेको साउदी अरबले अन्तिम स्थानमा रहँदै विश्वकपको यात्रा टुङ्गायो । समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।  त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे । फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं, मंसिर १४ ।  फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन्। आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन्। यो खेलबाट […]

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?

१४ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ । अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट […]

अष्ट्रेलिया र डेनमार्क खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘सी’ को अर्जेन्टिना दबाबमा

फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा ...

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघ

विश्वकपमा आज चार खेल : मध्यरातमा अर्जेन्टिना र पोल्यान्डको प्रतिस्पर्धा

काठमाडौं- फिफा विश्वकप फुटबलमा बुधबार चार खेल हुँदैछन्। बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन्। नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ हुनेछन् र जहाँ ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ। दुई खेल सकिएपछि एउटा […]

विश्वकप फुटबल : आज पनि चार खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा  बुधबार चार खेल हुँदैछन्। समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुन लागेको हो।समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ। यी खेलबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ। यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पो

टोकियो ओलम्पिकः चौथो दिन बिहानसम्म २४ देश तथा क्षेत्रले हात पारे स्वर्ण पदक

काठमाडौं।टोकियो ओलम्पिक २०२० को चौथो दिन बिहानसम्म कुल २४ देश तथा क्षेत्रले कम्तिमा एउटा स्वर्ण पदक हात पारेका छन्।हालसम्म जापानले ८,अमेरिकाले ७, चीनले ६,रुसी खेलाडीले ४,बेलायतले ३, दक्षिण कोरियाले ३ र अष्ट्रेलिया र कोसोभोले दुई–दुई वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, फ्रान्स, क्यानडा, हंगेरी, ट्युनिसिया, क्रोयसिया, स्लोभानिया, अष्ट्रिया, बर्मुडा,इक्वेडर, हङकङ,इरान, नर्वे, फिलिपिन्स,थाइल्याण्ड र उज्वेकिस्तानले एक–एक वटा स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकको पहिलो दुई दिनमा १७ राष्ट्रले हात पारे स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक २०२० को दोस्रो दिनको प्रतिस्पर्धाहरु सकिदा १७ राष्ट्रले स्वर्ण पदक हात पारेका छन्। दुई दिनमा २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। हालसम्म चीनले ६, जापानले ५, अमेरिकाले ४ र दक्षिण कोरियाले २ वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड, उज्वेकिस्तान र रुसका खेलाडीले एक–एक स्वर्ण जितेका छन्।