नबिल दिगो घर कर्जाः बेस रेटमा १ प्रतिशत प्रिमियम - NepaliPatra

काठमाडौँ । नबिल बैंकले ‘नबिल दिगो घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा यस्तो योजना सार्वजनिक गरेको हो । नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको बैंकले जनाएको छ । यस योजनाले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण […]

सम्बन्धित सामग्री

नबिल बैंकले ल्यायो नबिल दिगो घर कर्जा

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । आइतबार बै‌कका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले योजनाको उद्घाटन गरेका हुन् । उनले बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए । योजनाअन्तर्गत ग्राहकले आवास कर्जा लिन सक्नेछन् । ग्राहकले बैंकको आधारदरमा १ प्रतिशत प्रिमियम […]

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट

घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएका छन् ।नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको हिमालयन क्यापिटलले घोराही सिमेन्टको सेयर बिक्री प्रबन्धकका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सहकार्य गरेको जनाएको छ । घोराही सिमेन्ले ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन […]

‘कृत्रिम व्यक्ति’ र ‘शेयर’ नै कम्पनीको शक्ति

कुनै पनि देशको अर्थतन्त्रको अधिकांश अंश कम्पनीहरूले तिर्ने कर, भन्सार र अन्त:शुल्कबाट चलेको हुन्छ । यो एक कृत्रिम व्यक्ति हो र प्राकृतिक व्यक्तिहरूलाई कानूनी रूपमा आफ्नो पासोमा यसरी अठ्याएर राखेको हुन्छ जसले गर्दा मानिस काम गर्न बाध्य हुन्छ वा अर्को शब्दमा उत्प्रेरित हुन्छ । यस्ता कम्पनीले विधिसम्मत कर बुझाउनाले देशको अर्थतन्त्र धानिएको हुन्छ । शुरूमा कम्पनीको परिकल्पना चिया र पाउरोटीबाट भएको हो । चिया एक्लाएक्लै खान सकिने तर ठूलो पाउरोटी एक्लै खान र तिर्न नसकिने भएपछि, उपस्थित धेरैले थोरै पैसा तिरेर आफ्नो भोक र पैसाअनुसार एउटा ठूलो पाउरोटी बाँडेर खाने गर्दथे । यसै अवधारणाबाट कसैले आजका कम्पनीको शुरुआत गरेको हो । ठूलाठूला कम्पनी एक्लै खोल्न सम्भव नहुने भएकाले आफ्नो इच्छा र क्षमताअनुसार लगानी गरेर कानूनको आधारमा यसलाई सञ्चालन गरौं र त्यसबाट नाफा कमाऊँ भन्ने सोचका साथ कम्पनीको शुरुआत भएको हो । कम्पनी र राज्यमा केही भिन्नता छन् । राज्य सिमानाबाहिर जान पाउँदैन । तर, कम्पनी विश्वव्यापी बन्न सक्छ । राज्यले सीधै नाफा कमाउन पाउँदैन, कम्पनीले नाफा कमाउन पाउँछ । राज्यले जनताप्रति अनेक दायित्व वहन गर्नुपर्छ । तर, कम्पनीले सामाजिक उत्तरदायित्वबाहेक अन्य दायित्व वहन गर्नु पर्दैन । यिनै कारणले गर्दा कम्पनीहरू ज्यादै शक्तिशाली हुन्छन् । कम्पनी राज्यभन्दा शक्तिशाली नहोलान् तर कमाइको दृष्टिकोणमा कम्पनीलाई राज्यलाई भन्दा बढी स्वतन्त्रता प्राप्त हुने भएकाले विश्वव्यापी रूपमा शेयरबजारमार्फत युवा आकर्षण बढ्न गएको हो । आधुनिक कम्पनीको जग बेलायतबाट भएको हो । अहिले विश्वको अर्थतन्त्र विशेष गरी औपचारिक अर्थतन्त्र कम्पनीबाट नै सञ्चालन भएको पाइन्छ । कम्पनीकै सोचको वरिपरि बसेर सहकारीहरू स्थापना गरिन्छ । तर, सहकारीहरू कम्पनी जति कहिल्यै पनि उचाइमा पुग्न सक्दैनन् । आज नेपालका सबै बैंक, वित्तीय संस्था, बीमा कम्पनी, टेलिकम सेवाप्रदायक निकाय, उद्योगहरू, सबै कम्पनी ऐन २०६३ अन्तर्गत सञ्चालन भएका छन् र धेरै कर तिर्नेमा पनि कम्पनी नै हुन् । कम्पनीले धेरै कमाउँदछ, धेरै कर तिर्छ, धेरैलाई रोजगारी दिन्छ र संस्थापकहरूलाई पनि मनग्गे कमाइ दिन्छ । नेपालमै रहेका २७ ओटा वाणिज्य बैंकहरूका कति संस्थापकहरूको मृत्यु भइसकेको होला । तर, ती बैंकले अहिले पनि बोनस, लाभांश लगानीकर्ता र अंशियारहरूलाई प्रदान गरी रहेका हुन्छन् । यसरी कम्पनी कृत्रिम व्यक्ति हो । बन्दीप्रत्यक्षीकरणबाहेक परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छाजस्ता रिट हाल्ने अधिकार पनि दिएको हुन्छ । यसको अर्थ सामान्य कानून (जनरल ल) का धेरै अधिकार कम्पनीले प्राप्त गर्न सक्छ । तर, विशेष कानूनका अधिकारको बारेमा कम्पनीले सुविधा पाउँदैन । कम्पनी एक कृत्रिम व्यक्ति हो, यसले अर्को कृत्रिम व्यक्ति जन्माउन सक्छ । अर्थात् सात ओटा प्राइभेट लिमिटेड मिलेर आठांै पब्लिक लिमिटेडको जन्म दिन सक्छ, जहाँ एकजना पनि प्राकृतिक व्यक्ति नहुन सक्छ । लगानी, सदस्य संख्या र नाफाको बाँडफाँटलाई हेर्दा कम्पनीहरू तीन प्रकारका छन् । प्राइभेट कम्पनी, सार्वजनिक कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी । कम्पनीमा व्यक्तिभन्दा विधि प्रमुख हुन्छ राज्यले तोकेको ऐनभित्र बसेर आफ्नो काम राम्रोसँग परिचालन गर्न स्वतन्त्र हुन्छ । यहि कम्पनीको अवधारणाले गर्दा नबिल बैंक, ग्लोबल आईएमई बैंक, पञ्चकन्या ग्रूप, एसआर स्टिल आदिको सञ्चालन भएका छन् । सबै कम्पनीहरू सफल हुन्छन् भन्ने छैन । नेपालमा अनुमानित ३ लाख ५० हजारभन्दा धेरै कम्पनी स्थापना भएका छन् तर हामीले केहीको मात्र नाम सुनेका छौं । विधिसम्मत काम गर्ने सबै नाफामै छन् भन्ने पनि छैन । कम्पनी घाटामा पनि जान्छन तैपनि कानूनले तोकेका प्रावधानहरूलाई राम्रोसँग परिचालन गर्ने कम्पनीहरूले आफ्नो व्यवसायिकतालाई विस्तारै बढाउँदै लगेर फेरी जाग्न सक्छन् । कम्पनी धेरै मानिस मिलेर व्यापक क्षेत्रमा काम गर्न अधिकारप्राप्त निकाय हो । यसले आफै पूँजी संकलन गर्न सक्छ, ऋणपत्र जारी गर्न सक्छ र आवश्यक पूँजी संकलन गर्न सक्छ । एउटै व्यक्तिले ठूला फर्महरू चलाएका छन् तर अन्ततोगत्वा फर्महरू कम्पनीमा नगएसम्म जनविश्वासको स्तर कम हुन्छ । फर्महरूको पछाडि कानून त्यति हात धोएर लाग्न सक्दैन । त्यसले गर्दा एकलौटी साझेदारी दुवै फर्म जतिबेला पनि बन्द हुन सक्छन् । यिनको हिसाबकिताब सार्वजनिक गर्ने बाध्यता नभएपछि कतै गडबडी हुन सक्छ । यी र यस्तै कारणले फर्मको स्थायित्व, जनविश्वास आदि कमजोर हुनुको साथै यो मालिकबाट ठगिन सक्छ । फर्मको पैसा मालिकले जतिबेला पनि आफ्नो काममा प्रयोग गर्न सक्ने तर कम्पनीको रकम कसैले पनि तोकिएको नियमविना चलाउन नपाउने भएकाले पनि कम्पनीमा दिगो पन हुन्छ । प्राइभेट लिमिटेड कम्पनीमा १ जनामात्र मालिक भए पनि एकलौटी फर्मको मालिकले झैं मनपरी गर्न नपाउने भएकाले, प्रबन्धपत्र र नियमावलीअनुसार चल्नुपर्ने भएकाले प्राइभेट लिमिटेट नै भए पनि त्यसमा जन विश्वास बढी हुन्छ । नेपालको कम्पनी ऐनमा प्रालिमा १०१ र भारतको कम्पनी ऐन २०१३ अनुसार २०० जनासम्म व्यक्ति प्रालिमा अट्न सक्छन् तर चुक्ता पूँजी १ करोडभन्दा बढी भएमा वा वार्षिक नाफा ५ करोडभन्दा बढी भएमा पछिल्लो संशोधनअनुसार प्रालिलाई पब्लिकमा लैजानैपर्छ । यो प्रावधानले पनि कम्पनीलाई बढी लोकप्रिय र शक्तिशाली बनाएको छ । अन्यथा अर्बौं कमाउने एनसेल, सूर्य टोबाको, सिजिफूड्स, नर्भिक, ग्रान्डी अस्पताल, ग्लोबल, प्रसादी, ट्रिनिटी, उलेन्स, प्रिमियम जस्ता स्कूलहरू पनि या त गुठीमा जानुपर्छ या पब्लिक लिमिटेडमा आउनुपर्छ । शुरूमा विशेष ऐनबाट बनेका, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक अहिले रजिस्ट्रर्ड कम्पनीमा परिणत भए र तीनओटैले अथाह नाफामा गएका छन् । भन्न खोजेको के भने बढी भावनात्मक हुने र तत्काल कमाउने सोच राख्नुभन्दा धेरै मिलेर कम्पनी स्थापना गर्ने लेभलमा पुग्ने हो भने त्यसको आयु, आरोग्य र अर्थिक अवस्था बढी राम्रो हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।