काठमाण्डाै – कोराेना महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियाे मार्फतकाे शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी भएकाे पाइएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले अहिले कक्षा ९ र १० का अन...