काठमाडौं : चार वर्षअघि संघीय संसद्मा दर्ता भएको बीमा विधेयक बल्ल पारित हुने भएको छ। २०७५ असार २७ गते दर्ता भएको विधेयक भोलि बस्ने प्रतिनिधिसभाको बैठकले पारित गरिने संसद् सचिवालयले जनाएको छ। भोलि बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए। उनका अनुसार यी दुई विधेयक छलफल र पारित गरियोस् भनी अर्थमन्त्री जन