काठमाडौँ – प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो। प्रतिनिधि सभा बैठक जारी छ। हाल अर्थ समितिको प्रतिवेदनसहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ। सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ।